उदयपुरको बेलकामा जंगली हात्ती मृत फेला

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर/ उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा एउटा जंगली भाले हात्ती मृत फेला परेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षको सीमावर्ती क्षेत्रमा मंगलबार दिउँसो हात्ती मृत अवस्थामा फेला परेको हो।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठका अनुसार वन क्षेत्रनजिकै रहेको धानबारीमा वयस्क हात्ती मृत भेटिएको हो। उक्त स्थान कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा पर्छ।

हात्तीको मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली परिचालन गरिएको श्रेष्ठले जानकारी दिए। हात्तीको शव परीक्षण गरेपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने उनको भनाइ छ।

उनका अनुसार मृत भेटिएको हात्तीलाई स्थानीय क्षेत्रमा ‘सानो दारे’ नामले चिन्ने गरिएको थियो। प्रारम्भिक जानकारीअनुसार उक्त हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको थियो।

सुझावित समाचार