१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थी संगठन रचनात्मक ढंगले शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ : पञ्चा सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरू रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छिन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरू राजनीतिक विषयमा केन्द्रित हुनुपरेको स्मरण गराइन्।

अहिले परिस्थिति फरक रहेको बताउँदै उनले आगामी दिनमा  विद्यार्थी संगठन रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा केन्द्रित हुने बताइन्। उनले भनिन् – ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने। यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेन्डा मात्रै बोक्ने आन्दोलन जे बनेको छ, यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौँ। विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ।’

अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रूपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको पनि जानकारी दिएकी छिन्।