१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १९ सोमबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १o:३३:oo

एनआइसी एसिया लघुवित्तले आव ०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तले कोशी, मधेश, बागमती र गण्डकी गरी चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम १३ देखि १६ जेठसम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दीबास, महोत्तरीमा सञ्चालन भएको थियो ।  

कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालयसमेतका एक सय ६९ जना कर्मचारीको सहभागिता रहेको थियो। संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेसबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले चालू आवको समीक्षा गर्दै आगामी आवमा संस्थाले गर्ने कामबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए । 

कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैंकबाट जारी निर्देशन र सोको कार्यान्वयन, आगामी आवका लक्ष्य तथा बजेटलगायत छलफल 
चलेको थियो । साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्पोरेट सेल्स विभागका कर्मचारीद्वय सरू घिमिरे र विकेश बज्रचार्यले बिमा दाबीसम्बन्धी जानकारी गराएका थिए । 

छुटाउनुभयो की ?