
उपभोक्तालाई कम नापतौल गरी पेट्रोल र डिजेल बेच्ने कपिलवस्तुका दुई पेट्रोल पम्ममा प्रशासनले सिलबन्दी गरेको छ । उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा तौलिहवा र आसपासका चार पेट्रोलपम्पमा निरीक्षण गरिएको थियो । सो क्रममा कपिलवसतु नगरपालिकाको पुरानो हाटबजारस्थित उमा ट्रेडिङ र कपिलवस्तु नगरपालिका–४ कोदाहाको ओझा पेट्राल पम्पले कम नापतौल गरेको फेला परेपछि सिलबन्दी गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकार पदम लामिछानेको अगुवाईमा गुणस्तर तथा नाप तौल कार्यालय बुटवलबाट खटिएको टोलीले पेट्राल पम्पको निरीक्षण गरी पेट्राल र डिजेलो नाप लिएको थियो । सो क्रममा उमा ट्रेडिङ र ओझा पेट्राल पम्पमा सिलबन्दी गरिएको लामिछानेले बताए । उमा ट्रडिङको चारमध्ये तीनवटा पम्पमा सिलबन्दी गरिएको छ भने ओझा पेट्रोल पम्पका दवै पम्पमा सिल गरिएको छ।
टोलीले नापजाँच गर्दा गडबडी देखिएको लामिछानेले बताए । उपभोक्ता ठग्ने जोसुकैलाई कारबाही गरिने उनले बताए । उनले यस्तो काममा आफुहरूलाई जानकारी गराउन समेत उनले आग्रह गरे । गुणस्तर तथा नाप तौल कार्यालयबाट निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा नापतौल गर्दा तोकिएको मापदन्डभन्दा कम तौल भेटिएपछि पेट्राल पम्पमा सिलबन्दी गरिएको बताएको छ । दुवै पेट्रोल पम्पधनीलाई तीन दिनभित्र आवश्यक कागजातसहित बुटवलमा हाजिर हुन् निर्देशन दिएको उनले बताए ।