१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार o१:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलको उपाधिसँगै कति पुरस्कार पायो आरसिबीले ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o१:२५:oo

आइपिएलको १८ वर्षको इतिहासमा पहिलोपटक उपाधि जितेको रोयल च्यालेन्जर्स बेंग्लाेरले २० करोड भारु (३२ करोड नेपाली रुपैयाँ) पुरस्कार राशि  हात पारेको छ। । मंगलबार भएको फाइनल खेलमा पन्जाबलाई हराउँदै आरसिबीले उपाधि जितेको हो। 

त्यस्तै, उपविजेता भनेको पन्जाबले १२ करोड ५० लाख भारु (२० करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको पुरस्कार पाएको छ। 

फाइनल खेलमा पन्जाबलाई आरसिबीले ६ रनले हराएको हो। पहिले ब्याटिङ गरेको आरसिबीले १९० रन बनाएकोमा पन्जाब १८६ रनमै सीमित बनेको हो। पन्जाबले पनि हालसम्म उपाधि जितेको छैन।