मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १५ बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायु न्यायलाई नागरिकको सुरक्षा र भरोसामा रूपान्तरण गर्नुपर्छ : गणेश पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १३:३९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विश्वमञ्चमा नेपालले उठाउँदै आएको जलवायु न्यायको आवाजलाई प्रभावित नागरिकको जीवनमा सुरक्षा, सहारा र भरोसा दिलाउने ठोस कार्यमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

बिहीबार संसदमा बाेल्दै उनले हिमालयलाई नेपालको भूगोलभित्र मात्र सीमित गरेर हेर्न नहुने उल्लेख गर्दै हिमालयको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्न नेपालले निरन्तर र दृढ पहल गर्नुपर्ने धारणा राखे।

पराजुलीले विपद्ले सत्तापक्ष र प्रतिपक्ष नचिन्ने भएकाले यस्ता कठिन परिस्थितिमा राजनीतिक विभाजनभन्दा माथि उठेर सहकार्य र साथ आवश्यक रहेको बताए। एकपछि अर्को विपद्ले पुर्‍याएको क्षतिले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनले प्रभावित नागरिकको जीवनमा राज्यको निरन्तर साथ र भरोसा देखिनुपर्नेमा जोड दिए।

 सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेकाे भन्दै उनले उपचारले शरीरको घाउ निको पार्न सक्छ, तर प्रियजन गुमाउँदाको मनको घाउ निको हुन धेरै समय लाग्ने बताए । उनले विपद्बाट प्रभावित परिवारलाई राहतसँगै निरन्तर मानवीय साथ र सहयोग आवश्यक रहेको बताए।

विपद्को कठिन घडीमा सहयोग, श्रम, सीप र मानवीय संवेदना लिएर प्रभावित नागरिकको साथमा उभिने सबैप्रति उनले आभार व्यक्त गरे। साथै, यस्ता विपद्को सामना सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका काममा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

 

↑