मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २५ बुधबार ११:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्पोर्टस् अवार्ड स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार ११:२७:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यही भदौ २८ र २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ कार्यक्रम स्थगित गरेको छ । 

मञ्चले भनेको छ, ‘जेन–जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकाले यस्तो समयमा स्पोर्टस् अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने देखिन्न। मञ्च परिवार अवार्डमा सहभागी हुने तयारी गरिरहेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनाहरूमा पर्न गएकाे असुविधाका लागि क्षमा चाहन्छ।’ मञ्चका महासचिव अन्जन खड्काले स्थिति सहज भएपछि स्पोर्टस् अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी गराए ।