मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २२ आइतबार ११:o६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार ११:o६:oo

सन् १९५३ : निकिता ख्रुस्चेभ सोभियत संघको कम्युनिस्ट पार्टीको सर्वोच्च पद पहिलो सचिव (पछि महासचिव नामकरण गरिएको) बने । ख्रुस्चेभले आफ्ना पूर्ववर्ती स्टालिनको शासनको कठोरता खुकुलो बनाएका थिए ।

सन् १८८८ : समयअघि नै जन्मिएका बच्चा राख्ने इन्कुबेटरको पहिलो प्रयोग भयो ।

सन् १९७७ : पानामा र अमेरिकाबिच २०औँ शताब्दीको अन्त्यसम्ममा पानामा नहरलाई अमेरिकाको स्वामित्वबाट पानामाको हातमा फर्काउने टोरिजोस–कार्टर सन्धि भयो ।

सन् १९७९ : इएसपिएन ‘इन्टरनेनमेन्ट एन्ड स्पोर्टस् प्रोग्रामिङ नेटवर्क’को प्रसारण सुरु ।

सन् १९८६ : डेसमन्ड टुट दक्षिणी अफ्रिका प्रान्तको चर्चको नेतृत्व सम्हाल्ने पहिलो अश्वेत व्यक्ति बने ।

सन् १९८८ : पहिलो अफगान अन्तरिक्षयात्री अब्दुल अहद मोहमद उनको पहिलो अन्तरिक्ष यात्रा सकेर पृृथ्वी अवतरण गरे । अगस्ट २९ मा अन्तरिक्षतर्फ लागेका मोहमदको समूह सोभियत अन्तरिक्ष केन्द्र मिरमा नौ दिन बसेर आजकै दिन पृथ्वी फर्किएको थिए ।

सन् २००५ : इजिप्टको इतिहासमा पहिलोपटक राष्ट्रपतिको चुनाव भयो ।

सन् २०१३ : चिनियाँ राष्ट्रपति सी जिनपिङले कजाखस्तानको भ्रमणका क्रममा पहिलोपटक उनको देशको महŒवाकांक्षी ‘सिल्क रोड आर्थिक करिडोर’ योजनालाई विश्वसामु सार्वजनिक गरे ।

सन् २०१९ : भारतीय अन्तरिक्ष एजेन्सी (इसरो)ले चन्द्रमा पठाएको चन्द्रयान–२ चन्द्रमाको सतहभन्दा दुई किमिमाथि सम्पर्कविच्छेद भएसँगै अभियान असफल भयो ।

सन् २०२१ : तालिबानले अफगानिस्तानमा पुन: सत्ताकब्जा गरेको केही सातापछि मुल्ला मुहम्मद हसन अखमुन्डको नेतृत्वमा अन्तरिम सरकारको घोषणा ।

सन् २०२१ : अल सल्भाडोर बिटकोइनलाई आधिकारिक लेनदेनको मुद्राका रूपमा स्विकार्ने विश्वको पहिलो मुलुक बन्यो ।