मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
२o८२ भदौ २२ आइतबार १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनकुटामा अलैँची उत्पादन बढेसँगै निर्यात पनि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १२:५o:oo

धनकुटामा अलैँची उत्पादन बढेसँगै निर्यात पनि वृद्धि भएको छ । गत वर्ष मात्र धनकुटाबाट आठ करोडभन्दा बढीकाे अलैँची निर्यात भएको छ ।    

खोल्सीको कालो सुनको नामले चिनिने अलैँची आर्थिक वर्ष ०८१/८२ मा धनकुटाबाट आठ करोड ५० लाख ६३ हजारबराबरको निर्यात भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा ५.२ मेट्रिक टन अर्थात् एक करोड चार लाखभन्दा बढीको अलैँची निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत आर्थिक वर्ष धनकुटामा करिब १२७ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको थियो । उक्त अलैँची खेतीबाट करिब ४० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए । पछिल्लो समय अलैँचीले उचित मूल्य पाएसँगै कृषकहरू अलैँची खेतीमा आकर्षित हुन थालेका छन् । 

अहिले अलैँची प्रतिमन ७५ हजारदेखि ९५ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ । विभिन्न खालका रोगको प्रकोपका कारण सखाप बनेका जिल्लाका कतिपय अलैँची खेतीका बगानहरूमा पनि पछिल्लो समय उत्पादन हुन सुरु भएको कृषि ज्ञान केन्द्रका प्रमुख रानाले बताए । अलैँची खास गरेर खोलाखाल्सी, भिरालो, तर ओसिलो जमिनहरूमा उत्पादन हुने गर्दछ । अलैँचीले कम लागत र परिश्रममा राम्रो आम्दानी दिने गर्दछ ।