मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
२o८२ भदौ २२ आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादको नारा राजनीतिक फेसन : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १७:३४:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादको नारा अहिले राजनीतिक फेसनको रूपमा रहेको बताए।

नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङले आयोजना गरेको नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै पुनले राजनितिक दलहरूले ल्याएको समाजवादको नारा राजनीतिक फेसनकै रूपमा रहेको बताएका छन्। उनले विगतमा सबैभन्दा पुरानो दल कांग्रेसले ल्याएको समाजवादको नारा र अहिले नयाँ दलले ल्याएको समाजवादको नाराबिच कुनै भिन्नता नरहेको बताए । 

पुनले देशको राष्ट्रिय राजनिति केही व्यक्तिको मिलेमोतोमा मात्र चलेको बताएका छन्। ‘हरेक क्षेत्र बिचौलियाको भरमा चलेको छ, मन्त्रीदेखि प्रधानमन्त्री बनाउने शक्तिसमेत बिचौलियाले राख्छन्, यसरी देशमा कसरी समृद्धि छाउला र?’ पुनले भने। अहिलेको सरकार दलाल र पुँजीवादी मिलेर बनाएको सरकार भएका कारण यहाँबाट जनताले केही आशा गर्न नसक्ने बताए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले देशमा समाजवाद ल्याउनका निम्ति दलीय प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नेकपा माओवादी स्वच्छ ढंगले प्रतिस्पर्धासहित जनतामाझ जान तयार रहेको बताए। उनले मुलुकको विकासका निम्ति अर्थतन्त्रको तीनखम्बे नीति अवलम्बन गर्न जरुरी रहेको बताए।