मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ भदौ २२ आइतबार १३:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली कांग्रेसले मधेश प्रदेशमा मन्त्री फेर्ने तयारी गर्दै

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १३:१७:oo

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरू फेर्ने तयारी गरेको छ । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको आज बस्ने बैठकले प्रदेश सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय लिने बताइएको छ । साथै बैठकबाट सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गर्ने कांग्रेसका एक प्रदेश सांसदले जानकारी दिए ।

हाल मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भूमि व्यवस्था तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्री, ऊर्जा, खानेपानी तथा सरसफाइमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव र अर्थमन्त्री सुनीलकुमार यादव रहेका छन् ।

चालू आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा बिचौलियाको प्रभाव परेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपा नेपालसहित अन्य दलहरूले लामो समयदेखि प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएका छन् । उनीहरूले अर्थमन्त्री रहेका सुनीलकुमार यादवको राजीनामा माग गर्दै बजेट बहिष्कारसमेत गरेका थिए ।

अर्थमन्त्री यादवकै कारण पार्टीको छवि बिग्रिएको भन्दै कांग्रेसभित्र पनि उनको राजीनामाको माग उठ्दै आएको छ । यस्तो अवस्थामा एकजना मात्र मन्त्री हटाउँदा गलत सन्देश जाने भएकाले चारै मन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको ती सांसदले दाबी गरे ।