मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार o८:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकले मार्फा प्यालेसमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार o८:४३:oo

प्रभु बैंक र मार्फा प्यालेस होटेलबिच व्यावसायिक साझेदारी भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फास्थित होटेलमा उपलब्ध सेवामा छुट प्रदान गर्न दुवै पक्ष सहमत भएका छन् । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा जोमसोम शाखा प्रबन्धक नरेन्द्र थकाली र होटेलका तर्फबाट केशव रिजालले हस्ताक्षर गरेका हुन् ।

यससँगै बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड–क्रेडिट कार्ड तथा अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा होटेलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीका रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटेल आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्ने बताइएको छ । दुवै पक्षबिचको यो साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धनका साथै बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास लिइएको छ ।