मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार ११:५३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार ११:५३:oo

नेपाल र भारतबिचको द्विपक्षीय आर्थिक सहयोगलाई अझ तीव्र र परिणाममुखी बनाउने बिषयमा वीरगन्जमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२५ बुधवार सम्पन्न भएको छ। प्रधाननन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा आर्थिक शिखर सम्मेलन आयोजना भएको हो ।

फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको भारत–नेपाल केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्ज नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्कि)को वीरगञ्ज च्याप्टर्स र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल, मधेश प्रदेशसँगकाे सहकार्यमा शिखर सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल र भारतका उद्योगपति, वाणिज्य संघ/संगठनका पदाधिकारी तथा बिहारलगायत भारतका सीमावर्ती राज्यका वाणिज्य मण्डलका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूत देवी सहाय मीणाले भारत–नेपाल आर्थिक तथा व्यापारिक सम्बन्धबारे संक्षिप्त अवलोकन प्रस्तुत गरे । उनले नेपालका व्यवसायीहरूले भारतीय व्यवसायीहरूसँग सहकार्य गरेर ठूलो लाभ लिन सक्ने अवसरहरू प्रचुर मात्रामा रहेकाे उल्लेख गरे । आपसी सहकार्यले दुवै देशको साझा समृद्धिमा टेवा पुर्‍याउने उनकाे भनाइ थियाे ।

मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन प्रसाद साहले नेपालको आर्थिक रूपान्तरणका लागि भारतले नेपालको लगानी आकांक्षामा गम्भीर विचार गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले पर्यटन, खाद्यप्रशोधन र नवीकरणीय ऊर्जा क्षेत्रमा मधेश प्रदेश सरकारले परिणाममुखी पहल गरिरहेको बताए।

एनआईसीसीआई वीरगञ्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले भारत–नेपाल केवल भौगोलिक मात्र नभई इतिहास, संस्कृति र साझा आकांक्षाले पनि जोडिएकाे बताए । आजको दिन व्यापार घाटाबाट बाहिर निस्केर दुवै देशलाई लाभ हुने अवसरहरू खोज्नु जरुरी रहेकाे उनले भनाइ  थियाे ।

पिएचडीसिसिआइ भारत–नेपाल केन्द्रका सचिव अतुल कुमार ठाकुरले हालैका उच्चस्तरीय भ्रमण र सहकार्यले भारत–नेपालबिचको भौतिक, डिजिटल, ऊर्जा र जनस्तरको सम्पर्कलाई अभूतपूर्व गति दिएको बताए। उनले रेल, सडक, पुल, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन, जलविद्युत् परियोजना तथा डिजिटल वित्तीय प्रणालीमा भइरहेको प्रगतिको चर्चा गरेका थिए । ठाकुरले भने, 'नेपालले गत वर्षदेखि भारतीय युपिआइ भुक्तानी प्रणालीलाई फोन पे क्युआर मार्फत प्रयोग गर्न थालेको छ, जसले दुवै देशबिच वित्तीय प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।’