मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण ३१ शनिबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १४:२५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज काठमाडौँ ल्याइँदैछ।

कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३:१० बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया तत्काल अघि बढ्न सकेको थिएन।

केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानसमेत असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।