
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ।
उनलाई ललितपुरस्थित नक्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो।
कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नक्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो। लामिछाने गत चैत २५ देखि भैरहवा कारागारमा थिए।