
अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेश ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ।
मरारा क्रिकेट ग्राउन्ड २ मा बंगलादेशका कप्तान नुरुल हसनले टस जितेर ब्याटिङको निर्णय लिए। दुवै टोली पहिलो जितको लक्ष्यमा छन्। यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान साहिन्ससँग ७९ सँग पराजित भएका थिए।