मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार १९:३१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री लामा काठमाडौं प्रस्थान, प्रमुख स्वकीयले सोमबार प्रदेश प्रमुखलाई बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १९:३१:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा घोषणा गरेका छन्। पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका लामा त्यसलगत्तै काठमाडौं प्रस्थान गरेका छन्।

मुख्यमन्त्री लामाले प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा दिएका छन्। उनका अनुसार प्रदेश प्रमुख दीपक देवकोटा स्वास्थ्य उपचारका कारण अस्पतालमा भएकाले राजीनामा भोलि मात्र बुझाइनेछ।

‘मैले राजीनामा-पत्रमा हस्ताक्षर गरिसकेको छु र सार्वजनिक घोषणा पनि गरिसकेको छु,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश प्रमुखज्यू उपचारमा हुनुभएकाले सोमबार मात्र बुझाउने काम हुन्छ। उहाँ आउनुभए भेटेर दिने, नभए कार्यालयमा दर्ता गरेर छाड्ने गरी निर्देशन दिएको छु।’

प्रदेश प्रमुख देवकोटा आइतबार मात्रै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। गत ९ साउन २०८१ मा मुख्यमन्त्री बनेका लामाले करिब एक वर्ष सरकारको नेतृत्व गरे। नेपाली कांग्रेस बागमती संसदीय दलको हालै सम्पन्न निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन्।