१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष अधिकार नदिने भए मुसहर समुदायलाई दलितको सूचीबाट हटाउन माग 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

विशेष अधिकार नदिने भए मुसहर समुदायलाई दलितको सूचीबाट हटाएर आदिवासीको सूचीमा राख्न अगुवाहरूले माग गरेका छन्। विराटनगरमा सम्पन्न राष्ट्रिय मुसहर संघ कोशी प्रदेशको अधिवेशनमा मुसहर अगुवाहरूले  राज्यले विशेष अधिकार नदिएकाले दलितको सूचीबाट हटाएर आदिवासीको सूचीमा राख्नुपर्ने माग गरेका हुन् । 

मुसहर राष्ट्रिय संघका अध्यक्ष चन्देश्वर सदाले मुसहर समुदाय आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपले सबैभन्दा पछाडि पारिएको महादलित वर्गमा पर्ने भए पनि राज्यले विशेष अधिकार दिन नचाहेकोले दलितको सूचीबाट हटाएर आदिवासीको सूचीमा राख्नु नै उचित हुने बताएका हुन् ।

अध्यक्ष सदाले सरकारहरूले कालोपत्रे बनाउँदा बढी भएकाे बजेटसमेत सबैभन्दा पछाडि पारिएको मुसहर समुदायको उत्थानका लागि खर्च गर्न नचाहेको आक्रोश व्यक्त गरे । उनले मुसहर समुदायको समस्या सधाधानका लागि स्वायत्त आयोग स्थापना हुनुपर्नेमा जोड दिए ।

मुसहर संघ कोशीमा राजु ऋषिदेव 
मुसहर संघ कोशीको अध्यक्षमा मोरङका राजु ऋषिदेव चयन भएका छन् । उपाध्यक्षमा सुनसरीका राजकुमार ऋषिदेव, सुशीला सदाय र उदयपुरका बद्री सदाय, सचिवमा मोरङका धमेन्द्र ऋषिदेव र उपसचिवमा सुनसरीकी कविता ऋषिदेव र कोषाध्यक्षमा विक्रम सदाय चयन भएका छन् । सदस्यहरूमा रामसेवक ऋषिदेव मोरङ, शान्ति ऋषिदेव र सुनसीका आयोधी, गोपाल, जयराम र विवेक ऋषिदेव छन् ।