१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ असार ९ सोमबार १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार

मनमोहनका विद्यार्थीले उत्पादन गरे चार प्रकारका आयुर्वेदिक औषधि

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १९:५६:oo

कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन्। 

विश्वविद्यालयको मेडिकल संकायतर्फको फार्मेसी विज्ञान स्नातक तहमा अध्यनरत विद्यार्थीको समूहले (डा. सुनीलकुमार शुक्लाको नेतृत्व) नेपालकै जडीबुटी अनुसन्धान गरेर औषधि तयार गरेका हुन्। 

उनीहरूले उत्पादन गरेको विक्स, बाम, सन्चोजस्तै चार प्रकारका औषधिको प्रयोगशालामा अनुसन्धानपश्चात प्रयोगका लागि सार्वजनिकसमेत गरेका छन्। उत्पादन भएका विभिन्न प्रकारका औषधिको सफल परीक्षण भएको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए। उपकुलति पोखरेलका अनुसार औषधिहरू सबै गुणस्तरीय रहेको र सरकारले प्रवर्द्धन गरेर आफ्नै ब्रान्डमा बजारमा ल्याउने तयारी भइरहेको छ। उपकुलपति पोखरेलले भने, ‘अब बजारीकरणमा सरकारले सहयोग गर्याे भने ब्रान्डिङ गरेर बजारमा पनि लैजान्छौँ। अहिलेलाई औषधिको नाम मनमोहन ओखती राखेका छौँ।’

उपकुलपति पोखरेलका अनुसार औषधि उत्पादनमा नेतृत्व गर्ने डा. शुक्ला भारतको पतञ्जली आयुर्वेद प्रतिष्ठानका विज्ञ हुन् । उनी ६ महिनाका लागि मनमोहन प्राविधिक विश्वविद्यालयमा विज्ञ अनुसन्धानकर्ताका रुपमा कार्यरत छन् । 

मनमोहन प्राविधिक विश्वविद्यालयले एप्लाइड एन्ड हेल्थ साइन्स स्कुलअन्तर्गत स्नातक तहमा फार्मेसी विज्ञानमा पठनपाठन हुन्छ । उक्त विषयमा विद्यार्थीलाई व्यावहारिक अनुसन्धानका लागि अमेरिकन प्रविधिमा आधारित आफ्नै गुणस्तरीय ल्याब निर्माण गरेर सहभागी गराइरहेको छ। 

विश्वविद्यालयले आफ्ना सबै शैक्षिक पाठयक्रमहरूलाई गुणस्तरीय बनाउन सैद्धान्तिकभन्दा व्यावहारिक प्रयोगमा जोड दिने गरेको छ। रजिस्ट्रार डा. दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयका सबै संकायका शैक्षिक कार्यक्रममा सैद्धान्तिक ४० र प्राक्टिकल ६० प्रतिशत छ।