१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ असार ९ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन हस्तान्तरण

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १८:५९:oo

जिल्ला अस्पताल संखुवासभाको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। सम्झौताअनुसार ०७८ असार २२ मा सक्नुपर्ने भए पनि निर्माण कार्य सम्पन्न नहुँदा चार वर्ष ढिलो गरी भवन हस्तान्तरण गरिएको हो।

सोमबार एक कार्यक्रमबिच सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख इन्जिनियर सुमन मिश्रले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष देवलाई औपचारिक रूपमा भवन हस्तान्तरण गरे।

जिल्लाको एक मात्रै सुविधा सम्पन्न ५० बेडको अस्पताल जतिसक्दो चाँडो निर्माण सम्पन्न गरी छिटोभन्दा छिटो हस्तान्तरण गर्नुपर्ने चौतर्फी दबाब थियो। सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले ०७५ असार २२ मा विकोई-स्वामी नारायण-आर्शिवाद निर्माण कम्पनीलाई भवन निर्माणको जिम्मा दिएको थियो। 

अस्पतालको भवन निर्माण गर्न २७ करोड २७ लाख ८० हजारको लागतमा ठेक्का दिइएको थियो। कोरोना भाइरसको संक्रमण र प्राविधिक कारणले निर्माण कार्यमा समस्या हुँदा भवन निर्माणमा ढिलाइ भएको ठेकेदारले जनाएको छ। 

०३३ सालमा स्थापना भएको १५ बेडको अस्पताललाई स्तरोन्नति गरी ५० बेडको बनाइएको हो। १६४१ वर्गमिटरमा निर्मित भवनमा ३ वटा ब्लक छन्। नयाँ भवनबाट अस्पताल सुचारु भएपछि सेवाग्राहीहरूलाई सहज हुनेछ।

जिल्ला अस्पताल संखुवासभामा जिल्लासहित भोजपुरको आधा भाग षडानन्द नगरपालिका, साल्पासिलिचो, धनकुटा लेगुवा र चानुवालगायतका स्थानीयहरूसमेत खाँदबारी नै आउने गरेका छन्।