१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
Invalid date format १२:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबलकाे तयारी पूरा

उद्घाटन खेलमा पुलिस र एपिएफ भिड्ने  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा नेसनल स्पोर्टस् एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा मंगलबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। उद्घाटन खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन्। प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

३१ जेठसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली गण्डकीसँगै दुई विभागीय टोलीहरू नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबसँगै एभरेस्ट भलिबल क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब र स्टेप रामपरले प्रतिस्पर्धा गर्ने आयोजक एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए।

यसअघि विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अन्तिम समयमा सहभागी हुन नसक्ने जानकारी गराएपछि स्टेप रामपरलाई सहभागी गराइएको कोइरालाले जानकारी दिए । सहभागी सम्पूर्ण टिमहरू सोमबार पोखरा आइपुगेका छन्। नेपालको लोकप्रिय खेलको रूपमा रहेको भलिबल खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि प्रतियोगिता सुरुवात गरिएको कोइरालाले जानकारी दिए।

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समूह ए मा पुलिस, रामपर र एपिएफ रहेका छन् भने समूह बी मा डायमन्ड, गण्डकी र एभरेस्ट रहेका छन्। लिग चरणका खेलमा दुई समूहबाट पहिलो र दोसो हुनेले सेमिफाइनलको स्थान सुरक्षित गर्नेछन्। महासंघका अध्यक्ष शिव कोइरालाका अनुसार प्रतियोगिताको उद्घाटन दिन निःशुल्क प्रवेशको व्यवस्था मिलाएको जानकारी दिए। उद्घाटनबाहेक लिग चरणको खेल हेर्न दुई सय र फाइनलको दिन चार सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। 

कोइरालाका अनुसार प्रतियोगिताको उपाधि विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख नगद पुरस्कार पाउनेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही २० हजार नगद पुरस्कार पाउनेछन्।