१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार १२:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कालीमाटी गाउँपालिकामा जस्तापाता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १२:o६:oo

सल्यानमा खरको छानामुक्त घर बनाउन आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जस्तापाता वितरण गर्न थालिएको छ । विपत्जन्य घटनालाई न्यूनीकरण गर्न भन्दै जिल्लाको कालीमाटी गाउँपालिकाले यस वर्ष दुई सय १० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको हो ।

खरको छाना भएको घरमा आगलागीको जोखिम बढी हुने भएकाले त्यसप्रकारका घटनालाई कम गर्न खरका छानामुक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा वडा नम्बर १ मा ३५ घरधुरी, वडा नम्बर २ मा ३३, वडा नम्बर ३ मा २५, वडा नम्बर ४ मा २५, वडा नम्बर ५ मा ३३, वडा नम्बर ६ मा २५ र वडा नम्बर ७ मा २५ गरी कुल दुई सय १० घरधुरीलाई जस्तापाता वितरण गरिने गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले जानकारी दिए ।

राष्ट्रिय जनगणना ०७८ अनुसार कालीमाटी गाउँपालिकाभर चार हजार नौ सय ७२ घरधुरी छन् । तीमध्ये एक हजार तीन सय १७ घर अझै खर, पराल र छ्वालीले छाएका छन् । यस्तै, ६६ घर माटोले छाएका छन् भने टायल तथा खपडाले छाएका घर ९६ वटा छन् । 

छुटाउनुभयो की ?