
दाङको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्रांगारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका– ५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।
सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिंगरलाई उपयोग गरेर प्रांगारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउलालाई उपयोग गरेर गत वर्षदेखि प्रांगारिक मल उत्पादन गर्न थालिएको छ ।
समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिंगरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताए ।