१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १९ सोमबार o९:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हरियाणाले गर्‍यो नेपालका कप्तान घनश्यामलाई रिटेन

भारतको कबड्डी प्रो लिगको च्याम्पियन हरियाणा स्टिलर्सले नेपालका कप्तान घनश्याम रोकामगरलाई १३ लाख भारुमा रिटेन गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o९:१o:oo

भारतको प्रो कबड्डी लिग टोली हरियाणा स्टिलर्सले आइतबार नेपाली राष्ट्रिय पुरुष टोलीका कप्तान घनश्याम रोकामगरलाई रिटेन गरेको छ । हरियाणाले १२औँ प्रो कबड्डी लिगका लागि घनश्यामलाई १३ लाख भारु (२० लाख नेपाली) रुपैयाँमा दुई वर्षका लागि रिटेन गरेको जनाएको छ । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।

गत वर्ष हरियाणाले उपाधि जितेको थियो ।  घनश्याम रेइडर्सको भूमिमा खेल्ने गर्छन् । २२ वर्षीय उनी गत माघमा भएको नेपाल कबड्डी लिग (एनकेएल)मा काठमाडौं माभरिक्सका मार्की खेलाडी थिए । उनले दुई वर्षअघि हरियाणा स्टिलर्सबाटै खेलेका थिए । पहिलो सिजन उनी उपविजेता बने । गत वर्ष उनीसँगै अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि हरियाणाले च्याम्पियनसिप ट्रफी उचालेको थियो ।

घनश्याम १०औँ संस्करणमा हरियाणामा १३ लाख भारुमा अनुबन्ध भएका थिए । उनले १०औँ संस्करणमा चार टोलीविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बेंग्लोर बुल्सविरुद्ध खेलेका थिए । नेपाली खेलाडीमध्ये सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान आठ लाख भारु पाएका थिए । लालमोहर यादव र नागेश्वर चौधरीले समान १० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए ।

क्याटेगोरी ‘सी’का घनश्याम
च्याम्पियन हरियाणाले क्याटेगोरी ‘सी’का नेपाली टोलीका कप्तान घनश्यामलाई फाइनल बिड म्याच (एफबिएम) कार्डमार्फत रिटेन गरेको हो । एफबिएमबाट प्रत्येक टोलीले रिलिज गरेका खेलाडीलाई फाइनल बिड रकममा पुनः टिममा भिœयाउन सक्ने प्रावधान रहन्छ । एफबिएममा यसअघि एक वर्षका लागि मात्र राख्न पाइने प्रावधान थियो । र, यसपटकदेखि दुई वर्षसम्म पनि रिटेन गर्ने नियम बनाएको हो । जसका कारण घनश्याम पुनः च्याम्पियन टोलीमै समावेश भएका हुन् । नेपालबाट अक्सनमा घनश्यामसहित गणेश कार्की, सुशील चुनारा र रामु टमाटाको नाम सिफारिस थियो । 

छुटाउनुभयो की ?