
बागमती गाउँपालिकालाई ७–० ले हराउँदै आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार गोदावरी– १० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा आयोजकलाई जिताउन अरुण लामाले चार, अनिल बम्जन लामाले दुई र सायर तामाङले एक गोल गरे ।
जितसँगै तीन खेलमा सात अंक जोडेको गोदावरी समूह ‘ए’ को विजेता बन्यो । तीनै खेलमा हार व्यहोरेको बागमती अंकविहीन बन्यो । ललितपुर महानगरपालिकासँग समान अंक रहे पनि गोदावरी गोलअन्तरमा अगाडि रह्यो । ललितपुरले शनिबारै च्यासल मैदानमा सम्पन्न महालक्ष्मी नगरपालिकाविरुद्ध १० को जित दर्ता गरेको थियो ।
दुवै टोली समूह चरणबाटै बाहिरिए । यसअघि गेदावरीले महालक्ष्मीलाई ६–१ ले पराजित गर्दा ललितपुरसँग १–१ को बराबरी खेलेको थियो । बागमती ललितपुरसँग ७–३ तथा महालक्ष्मीसँग ५–१ ले पराजित भएको थियो ।