
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी ओलीले जवाफ दिइरहेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै बैठकमा प्रधानमन्त्रीले जवाफ दिनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।
प्रधानमन्त्रीले जवाफ दिएपश्चात् नीति तथा कार्यक्रममाथि प्राप्त भएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने कार्यसूची छ ।