१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी दोहन : सांसद केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १२:२४:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको, तर सरकार रमिते बनेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै केसीले दोहन नरोकिए कालीगण्डकी करिडोर भासिने चेतावनी दिए।

यसबारे अघिल्लोपटक पनि आफूले कुरा उठाएको बताउँदै उनले भने, ‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइराखेको छ कि, जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेको झिक्यै, त्यहाँ केही लाग्दै लागेन, सरकार रमिते भएर हेरिराख्या छ । यदि त्यो बालुवा, गिटी उत्खनन रोक्ने होइन भने त्यो कालीगण्डकी करिडोरको बाटोसमेत भासिने स्थिति छ ।’