१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २० शनिबार ११:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागरिकलाई लाभ पुग्ने गरी बिमालाई अगाडि बढाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार ११:o२:oo

बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रको विकास एवं पहुँच विस्तार गर्दै आमनागरिकलाई लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य एवं साझेदारी महत्वपूर्ण रहेको बताएका छन् ।

विकास साझेदारसँग शुक्रबार गरिएको छलफलमा कार्यकारी निर्देशक सुवेदीले दुर्गम एवं ग्रामीण क्षेत्रका नागरिकलगायत सबैले लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउन साझेदारहरूले सहजीकरण गर्नुपर्ने बताए ।

प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बिमा क्षेत्रमा सीमित साधन–स्रोतबाट अतिकतम उपलब्धि हासिल गर्न, काममा दोहोरोपना आउन नदिने गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।