
बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। शनिबार नगरपालिका–८, गोठीस्थित गोरख बोहराको घरमा विद्युत् सर्ट भई तीनतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। शनिबार बिहान ५ः०० बजेतिर आगलागी भएको हो।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुँडा, नगद र सुनचाँदी जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ।
सोही घरको गोठमा रहेका एक हल गोरु र एउटा बाख्रासमेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए। पीडित परिवारका अनुसार आगलागीबाट घरमा रहेकोे एक लाख ५० हजार नगद, २१ तोला चाँदी, चार तोला सुन, लत्ताकपडा, खाद्यान्न गरी अनुमानित करिब १० लाखबराबरको क्षति भएको छ।