१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २० शनिबार o९:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o९:५९:oo

नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित ‘अरेबियन ट्राभल मार्केट (एटिएम) २०२५’ मा नेपालका पर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ ।

२८ अप्रिलदेखि १ मेसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावना प्रवद्र्धन गरेको हो ।

बोर्डको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग व्यावसायिक भेटघाट (बिटुबी) गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो ।

मेलामा बोर्डले ब्रोसर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवद्र्धन गरिएको थियो ।