१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २० शनिबार o९:३९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नीति कार्यक्रममा पर्यटन क्षेत्र : कहिल्यै छुट्दैन नेपाल एयरलाइन्स पुनर्संरचना कार्यक्रम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o९:३९:oo

निगम सुधारको एजेन्डाले सधैँ निरन्तरता पाए पनि अहिलेसम्म सुधार देखिएको छैन

आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रममा सरकाले नेपाल वायुसेवा निगम (नेवानि)को पुनर्संरचना गर्ने नीति पुनः दोहोर्‍याएको छ । 

सरकारका नीति तथा कार्यक्रम र बजेटमा निगम सुधारको एजेन्डा हत्तपत्त छुट्दैन । तर, कार्यान्वयन पनि हुँदैन । निगमको सुधारका लागि गठन गरिने आयोग र समितिले पनि पुनर्संरचना गर्न सुझाव दिएका छन् । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि निगमको संरचनागत सुधार गरी रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको छ । 

तर, नेपाल एयरलाइन्सको नियतिमा कहिल्यै सुधार देख्न पाइएको छैन । अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा विमान अधिकांश समय ग्राउन्डेड हुने समस्या ज्युँका त्युँ छन् भने आन्तरिक उडानमा पनि कमजोर प्रदर्शन छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रममा नागरिक उड्डयन क्षेत्रको नियमनलाई प्रभावकारी बनाई हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने घोषणा गरिएको छ । हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउने पनि उल्लेख छ । आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण तथा विस्तार गरिने भएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरिएको छ । योग र ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनलाई आय–अर्जन, रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्ता छन् अन्य योजना

  • हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने  
  • हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउने
  • नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक पास गर्ने
  • नेपाललाई आरोग्य र ध्यान पर्यटन क्षेत्रका रूपमा विकास गर्ने