१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
२o८२ बैशाख १८ बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनप्रिय आधारभूत विद्यालय भवनको पुनर्निर्माण गर्न सिद्धार्थ बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १o:४१:oo

सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिमस्थित श्री जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । १७ कात्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईवटा भवनमध्ये एउटा पुनर्निर्माण कार्य बैंकको सहयोगमा हुन लागेको हो । कुल एक सय ७५ जना विद्यार्र्थी रहेको विद्यालयमा बालकक्षादेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ ।

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष श्री कमला रोका पुन, सोही गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्री टेकबहादुर पुन, कार्यपालिका सदस्य श्री सेते कामी, अभिभावक संघको अध्यक्ष श्री तुताराम खड्का, श्री जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक श्री लाले रानामगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक श्री ओपेन्द्र विष्टलगायत अन्य शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । 

बैंकले सधैँ बालबालिकाको गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बैंकले जनाएको छ ।