१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लागण्डकीको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा हेमोडायलाइसिस सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १o:२५:oo

तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा मिर्गौलाका बिरामीलाई सेवा दिने उद्देश्यले हेमोडायलाइसिस सेवाको सुरुवात भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसर पारेर सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहकार्यमा सञ्चालित मुटुसम्बन्धी निःशुल्क स्क्रिनिङमा सहभागीसँग अन्तर्क्रियासमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

 मुटु रोगप्रति सचेतना फैलाउँदै बिरामी घटाउने उद्देश्यले यस्तो स्क्रिनिङ  व्यापक बनाउने मन्त्रालयको योजना रहेको उनले उल्लेख गरे । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई श्वासप्रस्वाससम्बन्धी देशकै एक मात्र विशिष्टीकृत संघीय अस्पतालका रूपमा थप विकास तथा पूर्वाधार र सेवा विस्तारमा आफू प्रतिबद्ध रहेको उनले बताए ।