१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो महाधिवेशन काठमाडौंमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १o:o६:oo

नेकपा एकीकृत समाजवादीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन २० र २१ वैशाखमा काठमाडौंमा हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । 

महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, सात प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालको विशेष आतिथ्य रहनेछ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासचिव चन्द्र तामाङले बताए । 

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित हुने अध्यक्ष मगरले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष मगरले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । व्यवस्थाविरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनले बताए ।