१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १७:४४:oo

प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदै छ।

बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलताजस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

यसअघि काठमाडौंको आइएनआई सिनेमा, एनबी सेन्टरमा आयोजित भव्य प्रिमियर समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य रहेको थियो। उनले चलचित्रले उठाएको विषय सामाजिक दृष्टिले अत्यन्तै सान्दर्भिक रहेको बताउँदै ‘झिल्को’जस्ता फिल्म बालबालिकाको मनोविज्ञान बुझ्न आवश्यक रहेको धारणा राखेकी थिइन्। फिल्ममा सुनील पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय देख्न सकिन्छ।

विशेषगरी आयुषी ढकालले निर्वाह गरेको बालपात्रको भूमिकालाई दर्शकले अत्यन्त मन पराएका छन्। ‘मिडिया फर कल्चर प्रा.लि.’को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन्।

कथा तथा पटकथा उनले अरुणदेव जोशी र देव व्रतसँगकाे सहकार्यमा तयार पारेका हुन्। निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल तथा निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन्। छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड मिक्सिङ श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन्।