
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल्लामा बिहीबार साँझ दुर्घटना भएको सरकारी उद्धार ११२२ का एक अधिकारीले बताए ।
‘गाडीले नियन्त्रण गुमाएर खोँचमा खस्यो, चार बालबालिकासहित सबै आठजनाको मृत्यु भयो,’ उनले भने । उनका अनुसार दुर्घटनाको सही कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेको र शवलाई नजिकैको अस्पतालमा लगिएकाे अधिकारीले बताएका छन्।