
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनामा एक होटलमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ। साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनामा सुजन राईले संचालन गर्दै आएको होटलमा गएराति तोडफोड गरेको आरोपमा सोही स्थानका ३५ वर्षीय अभिषक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।
आरोपित श्रेष्ठले राईको होटलको सिसा र ढोका तोडफोड गरी फुटाई दिएको प्रहरीले बताएको छ ।तोडफोडमा संलग्न श्रेष्ठलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट आज विहान खटिएको प्रहरी टोलीले घटनास्थलबाट पक्राउ गरी धनकुटा ल्याइएको छ।
उनलाई आजै आपराधिक उपद्राे कसुरमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा आरोपितले राईको होटलमा विभिन्न समयमा उधारो मादक पदार्थ सेवन गरेको र पैसा मागेको रिसइवी देखाई उनले होटलमा तोडफोड गरेको खुल्न आएको प्रहरीले बताएको छ।