१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीलाई थुनामा राख्न लेखिएको पत्र अनधिकृतः सर्वाेच्च अदालत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १७:११:oo

सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।

अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृतिविना नै पठाइएको पुष्टि भएको छ। सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ।

साथै, सो पत्र पठाउने सम्बन्धित अधिकृतलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।