१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार १८:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ प्रभावित राक्सिराङमा चट्याङको पूर्वसूचना दिने यन्त्र जडान गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १८:o८:oo

प्रत्येक वर्ष चट्याङको प्रकोपबाट जनधनको क्षति व्यहोर्दै आएको आएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने यन्त्रसहितको साइरन जडान गरिने भएको छ।

चट्याङकका कारण राक्सिराङमा बर्सेनि स्थानीयको मृत्यु तथा घाइते हुनुका साथै पशुचौपाय र भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको छ। यस वर्षको सुरुवातमै पनि राक्सिराङ- ८ धुसबगरमा चट्याङ लागेर दुईजना घाइते भएका थिए।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा चट्याङको पूर्वसूचना दिने गाउँपालिकालाई मंगलबार नै हस्तान्तरण गरेको छ।

गाउँपालिकालाई एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण प्रदान गरिएको छ। उक्त यन्त्र जडान गरेसँगै चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। उनले राक्सिराङ चट्याङको उच्च जोखिम क्षेत्र भएकाले यस्ता खाले प्रविधिको मद्दतबाट चट्याङसम्बन्धी पूर्वजानकारी पाउँदा सर्वसाधारणलाई सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुने विश्वास व्यक्त गरे। 

साउथ एसियन लाइट्निङ नेटवर्कका अध्यक्ष एवं अनुसन्धानकर्ता श्रीराम शर्माले उक्त यन्त्र दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि राक्सिराङमा जडान गरिएको जानकारी दिए। उनले यन्त्रले चट्याङका बारेमा दिने पूर्वसूचनाका बारेमा समेत जानकारी गराएका थिए ।

अध्यक्ष शर्माका अनुासर उक्त यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ। उनले यसअघि नगरकोटमा पनि उक्त यन्त्रको सफल परीक्षण गरिएको बताए। ‘यो प्रणालीले चट्याङ पर्नुभन्दा करिब १६ मिनेटअघि नै पूर्वसूचना दिन्छ। जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्छ,’ उनले भने।

प्राविधिक टोलीका अनुसार पालिकाको वडा नम्बर १ को राम्चे, वडा २ र ३ को सिमानामा पर्ने भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन राखिने जानकारी दिए। यस्तै, वडा नम्बर ६ को सिलिङेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ।