१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७४ वर्षीय वृद्धको लडेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

धनकुटाको चौबिसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको लडेर मृत्यु भएको छ। बैशाख १६ गते दिउँसो घरबाट हिडेका श्रेष्ठ आज बिहानसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा सडक छेउमा लडेर मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मृत्तक श्रेष्ठको शव उनको घरदेखि करिब सात सय मीटर पूर्वदक्षिण रवि–राँके–भेडेटार सडकखण्डअन्तर्गत राजापोखरी टोलको सडक छेउमा फेला परेको थियो ।हिजो घरदेखि हिँडेका श्रेष्ठ आज विहानसम्म घर नआएपछि आफन्तले खोजी गर्ने क्रममा सडकको छेउमा लडेर मृत्यु भएको अवस्थामा फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उक्त घटनाको सुचना प्राप्त गरेसँगै आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृत्तकको शवलाई पोष्टमार्टमको लागि धनकुटा जिल्ला अस्पताल ल्याएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।