१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख १७ बुधबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरमा प्रचण्ड : सहिद परिवारको घरमा वासदेखि खानेपानी योजना उद्घाटन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १२:o९:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर पुगेका छन् । पुर्वी नेपालको झापादेखि सुरु भएको माओवादी केन्द्रको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेको हो । 

हुलाकी राजमार्ग केन्द्रित माओवादीले जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको थियो । मंगलबार कञ्चनपुर पुगेका प्रचण्डलाई पुनर्वास नगरपालिकाले सम्मान गरेको थियो । बुधबार मर्निङवाक गरेर पुनर्वास, बेलौरीका सहिद परिवारसँग भेटघाट एवं सम्मान गरिएको  छ ।

जनयुद्धमा ज्यान  गुमाएका स्व. पुष्कर शर्माकोे घरमा  प्रचण्ड बसेका हुन । शर्मासँगै उनका कान्छा छोरा हेमराज शर्माले ज्यान गुमाएका थिए । जनयुद्धमा श्रीमान र छोरा गुमाएकी खिमा शर्माले  अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेपछि खुसी व्यक्त गर्दै सहिदले देखाएको सपना अनुरुप देश र जनताको हितमा काम गर्न आग्रह गरिन् ।

प्रचण्डले बेलौरी नगरपालिका ५ स्थित रामगर खानेपानीको उद्घाटन, शोभातालको  अवलोकन गरेका छन । पार्टी अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकाले स्वागत एवं सम्मान  गरेको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पुर्व प्रधानमन्त्रीलाई सम्मानका साथै समग्र बेलौरीका समसामयिक समस्या बारे ज्ञापन पत्र बुझाएको बताए । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका  लागि नेता कार्यकर्ताहरुलाई  दिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘अहिले  अभियान टोली पुनर्वास, बेलौरी सकेर बेलडाँडी पुगेको छ, ‘उनले भने, ‘केही बेरमा बेदकोट हुँदै भीमदत्त नगरपुगेर सभा गरेर समापन गरिनेछ ।’ 

अभियानले पार्टी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई  पाएको जिम्मेवारी युद्धस्तरमा निर्वाह  गरिरहेका छन । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ ।