१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुप्रिम हेल्थ केयरको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

सुप्रिम हेल्थ केयरले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासनका कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी दुवै पक्षबिच सोमबार एक कार्यक्रमबिच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका हुन् । 

नेपालकै अग्रणी औषधि उत्पादक कम्पनीका रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसनलगायतका ८५ भन्दा बढी उत्पादन ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।