१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार १५:५९:oo
Read Time : > 1 मिनेट
समाचार

रेशमलाई थुनामा राख्ने सर्वोच्च अदालतको पत्र छानबिनमा 

रिहाईको लागि अर्काे पत्र लेखियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १५:५९:oo

नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई थुनामा राख्न सर्वाेच्च अदालतले पठाएको पत्र विवादमा परेको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा रिगल ढकालको मुद्दाको नजिरका आधारमा उनलाई थुनामा राख्न भनेर सर्वाेच्च अदालतले बुधबार मात्र डिल्लीबजार कारागारलाई पत्राचार गरेका थिए । 

सर्वाेच्चका शाखा अधिकृत महिमानसिंह विष्टले यससम्बन्त्रि पत्र कारागारलाई लेखेका थिए। लगत्तै प्रहरीले उनलाई पार्टी एकता कार्यक्रमबाट पक्राउ गरेको थियो। यसमा अधिकृत विष्टको भूमिका शंकास्पद देखिएको भन्दै सर्वाेच्च अदालतले छानविन थालेको छ । सो पत्र सर्वाेच्चको आधिकारिक रेकर्डमा नदेखिएको जनाइएको छ । जसआधारमा चौधरीलाई रिहाईका लागि अर्काे पत्र सर्वाेच्चले डिल्लीबजार कारागारलाई पठाएको छ। 

चौधरी राष्ट्रपतिबाट माफी पाएर गत वर्ष जेलमुक्त भएका थिए। त्यसैगरी जेलमुक्त भएका रिगल ढकाललाई पछि सर्वाेच्चले थुनामा पठाएको थियो । ढकालकै नजिरलाई आधार बनाएर अधिकृत विष्टले पत्र लेखेका थिए। 

यस्तो छ पत्रको विवरण 

श्री सर्वोच्च अदालत
मुद्दा तथा रिट महाशाखा
च. नं.– १९२७७
मितिः– २०८२–०१–१७
विषयः– कैदमा राख्न पठाइएको सम्बन्धमा ।
मु.नं. ०७७–ऋच्–१०७५ समेत
मुद्दा – कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी ।

श्री कारागार कार्यालय
डिल्लीबजार, काठमाण्डौ

प्रस्तुत विषयमा वादी नेपाल सरकार प्रतिवादी कैलाली जिल्ला साविक दुगौली गा.वि.स. वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी समेत भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा पाशविक किसिमले ८ (आठ) जना सुरक्षाकर्मी र १(एक) जना नाथलकको हत्या गरेको जघन्य भन्दा पनि तल्लोस्तरको कुर अपराध गरेको ठहरी यस अदालतको मिति २०८०÷०२÷०२ को पाना २३० को फैसलाले निज प्रतिवादी रेशमलाल चौधरीलाई जन्म कैद २० (वीस) वर्ष कैद हुने ठहरी फैसला भएको अवस्थामा सम्माननीय राष्ट्रपति महोदयबाट श्री सर्वोच्च अदालतबाट पूर्ण फैसला तयार नभई अपराधलाई राजनीतिकरण हुने गरी मिति २०८०÷०२÷१४ मा दिइएको माफी यस अदालतमा मिति २०८०÷०२÷१६ मा दर्ता भएको मु.नं. ०७९–धय–१३३७ को उत्प्रेषण मुद्दामा यस अदालतको पूर्ण इजलास वा संवैधानिक वृहत पूर्ण इजलासबाट शीघ्रातीशीघ्र सो आदेशमा फैसलाद्वारा आवश्यक कारवाही हुने नै हुँदा र मु.नं. ०८०–ध्ँ–००२६ को रिट निवेदक भारती शेर्पा प्रत्यर्थी राष्ट्रपतिको कार्यालय शितल निवास काठमाण्डौं, रिगल ढकाल समेत भएको मुद्दा मिति २०८०÷०७÷१६ मा फैसला भएको व्याख्या, नजिरको समेत अनुशरण गरी न्यायिक कारवाही हुने र सो फैसला पछि श्री कैलाली जिल्ला अदालतबाट पुनः कैदी पूर्जी जारी हुने नै हुँदा हाललाई निज प्रतिवादीलाई नियमानुसारको सिधाखर्च दिई कैदमा राख्नु हुन यस अदालतको मिति २०८०÷०२÷०२ को फैसला अनुसार अनुरोध छ ।

(महिमानसिंह विष्ट)
शाखा अधिकृत

बोधार्थ
१.) श्रीमान प्रहरी महानिरीक्षकज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाण्डौः निज प्रतिवादी नेपाल राज्यभरी जहाँ भए पनि तत्काल पक्राउ गरी प्रहरी प्रधान कार्यालयमा झिकाई यो कैदीपूर्जी बमोजिम कारागार कार्यालय डिल्लीबजारमा कैदमा राख्न यस अदालतका अधिकारीलाई आवश्यक सहयोग गर्नु हुन अनुरोध छ।

२.) श्री कैलाली जिल्ला अदालत ः पछि नियमानुसार पुनः कैदीपूर्जी दिनुहुन ।

३.) प्रतिवादी रेशमलाल चौधरी ः नियमानुसारको सिधा खर्च उपभोग गरी यो कैदी पूर्जी वमोजिम कैदमा बस्नु हुन ।