
यामाहाको नेपालस्थित अधिकृत विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘ब्लु फेस्ट’को सफलतापछि काठमाडौं उपत्यकाका दुईपांग्रे सवारीसाधन पारखीका लागि नयाँ एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अुनसार १४ बाट सुरु भएको यो अफर १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक सोरुमहरूमा लागू हुनेछ । ग्राहकलाई फेरि एकपटक एक्सचेन्ज र उत्सवको अवसर प्रदान गर्न एक्सेन्च अफर ल्याएको बताइएको छ ।
अफर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको मूल्यांकन पाउनेछन् । त्यसका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य आवश्यक पर्नेछ । त्यसैगरी, एक्सचेन्ज भ्यालु बढाउन थप १० हजारकोे अतिरिक्त मूल्यांकन हुनेछ ।
त्यसैगरी, अन्य सुविधामा ग्राहकले धरौटीविना नै सजिलो फाइनान्सिङ, ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी, ‘थ्रिल अफ’ अफरअन्तर्गत एक लाखसम्मको स्योर सट छुट पाउनेछन् । साथै, उपहारमा हेल्मेट, लेगगार्ड, फुट म्याट, स्पोर्टस् ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिज पनि एक्सचेन्ज मेलामा पाइनेछ ।
यामाहाका भर्साटायल र डाइनामिक मोडेलले चालकका लागि उपयुक्त रोजाइ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । हाई–माइलेज र स्मार्ट पर्फमेन्सका लागि डिजाइन गरिएको रे–जेडआर१२५ एफआई हाइब्रिडदेखि स्पोर्टी र आक्रामक आर१५ सम्मका मोडेल उपलब्ध हुनेछन् । नेपालमा एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि विश्वासिलो ब्रान्ड भएको कम्पनीको दाबी छ ।