
कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक राम रेसर राना मृत फेला परेका हुन् । राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साईकल सहित मृत घटनाका अनुसन्धान सुरु भएको बताए ।
तर मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन । मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए । मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन ।