१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:४७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

नेपाली फिचर फिल्म ‘एक्लो’की अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । मातातीर्थ औँसी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक सञ्जालमा लेख्छन्, ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दै छौँ– एक प्रतिभाशाली अभिनेत्री, जसको अदभूत साहसिकता पनि छ, उहाँले सगरमाथासमेत आरोहण गर्नुभएको छ। यो आमाको मुख हेर्ने दिनको अवसरमा, उनले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो। सबै आमाहरूलाई सुखद आमाको मुख हेर्ने दिनको शुभकामना। आउनुहोस्, हामी हाम्रा आमाहरूलाई आज मात्र होइन, उहाँहरूको जीवनभर प्रेम, माया र सम्मान गरौँ।’

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ ।  फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्राे निर्देशकीय फिल्म हो। लामो समयदेखि बेलायत बस्दै आएका शाही ‘एक्लो’लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लन्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ। निर्देशक प्रदीप शाही केही दिनअघि कान्स प्रोड्युसर्स नेटवर्कका लागि चयन भएका छन्। कान्समा शाही चयन भएसँगै उनको फिल्म  ‘एक्लो’को चर्चा बढेको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । फिल्म ‘एक्लो’का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोणप्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।