
गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। रामेछाप, तनहुँ र दैलेखमा नयाँ सिडिओ खटाइएको छ।
तनहुँमा कार्यरत सिडिओ श्यामकृष्ण थापालाई रामेछापको सिडिओ बनाइएको छ। तनहुँमा सहसचिव रामकृष्ण अधिकारी तथा दैलेखमा बद्रीनाथ गैरेलाई खटाइएको छ। दैलेखमा कार्यरत नवराज जैसी तथा रामेछापमा कार्यरत राजुप्रसाद पौडेलको मन्त्रालयमा सरुवा भएको छ। पौडेल रामेछाप गएको ६ महिना मात्र भएको थियो।