१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको बेडमा बिचौलिया पुगेको पुष्टि गर्न गगनलाई ओलीको चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

प्रधानमन्त्री केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको र उनीहरूले नै सरकार चलाउने गरेको अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले धतांगिँदै बोलेको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

‘कोही व्यक्ति यसरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । त्यस्तो कुरा सुनेर दया लाग्छ, के बोलेको त्यो । के त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’ प्रधानमन्त्रीले चुनौती दिँदै भने । त्यस्तै, अफवाहबाट हौसिएका नाम मात्रका कम्युनिस्ट भनिनेहरूले सरकार बिहानै ढल्यो, दिउँसै ढल्यो भन्दै अफवाह फैलाइरहेको उनको टिप्पणी थियो । ‘त्यसलाई हतियार बनाएर, उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू उफ्रिएका छन् । पहिले विष्णुबहादुर मानन्धरहरूको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी, कामका दक्षिणपन्थी । नावाकादाहरू अहिले पनि छन् । एकथरीहरू कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन हाम्राविरुद्ध विभिन्न लाञ्छना लगाउने, अर्को सरकार अहिले ढल्यो, भरे ढल्यो, ढल्यो... ढल्यो भोलि बिहानै ढल्यो भन्दै गीत गाउने,’ उनले भने । 

सरकार ढल्यो भन्दै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अफवाह फैलाइरहेको संकेत गर्दै उनले थाइल्यान्डबाट कांग्रेस सभापति शेरबहादुर देउवा फर्किनेबित्तिकै त्यस्ता अफवाह फैलाउनेहरू आश्चर्यमा परेका उनीहरूले फेरि पनि भ्रम फैलाउने प्रयास गर्ने उनको भनाइ थियो । ‘शेरबहादुरजी फर्किनेबित्तिकै ढल्यो भन्दै थिए । शेरबहादुरजीले टाउकोबाट चिसोपानी खन्यादिएपछि फेरि ती छक्क परेका छन् । शेरबहादुरजी फर्किनेबित्तिकै नढलेर के गर्ने दुई–चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् । यिनीहरू नावाकादहरू हुन् । हामी हरेक कुराबाट सतर्क छौँ,’ प्रधानमन्त्री ओलीले भने । 

सरकारले बिस्तारै लय समातेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका अर्थमन्त्री वर्षमान पुनमाथि पनि प्रहार गरे । ‘अघिल्लो सरकारले भताभुंग पारेको अर्थतन्त्र सम्हाल्दै छौँ । आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढुकुटीमा पैसा थोपो नराखेको । तिर्नुपर्ने मात्र बनाएको । ऋणैऋणमा फसाइदिएको अर्थतन्त्र सम्हालेर अगाडि बढाउँदै छौँ,’ ओलीले भने, ‘त्यहाँ पुर्‍याउने लाज छैन फेरि, अस्तिको दिन मात्र संसद्मा बोलेको सुन्दा अचम्म लाग्यो । लाज लाग्नुपर्ने, कस्तो सरम नलागेको ? यस्तो पार्ने बजेट प्रस्तुत गर्ने मान्छे, देश बर्बाद पार्ने मान्छेलाई अप्ठ्यारो लागेको छैन उसलाई । उही पण्डित, उही जान्ने !’