१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४५:oo
Read Time : > 1 मिनेट
समाचार

निःशुल्क सेयर लिन खोज्दा बैंक खाताबाट ३० लाख चोरियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

बिजनेस टेक नेपाल नामको फेसबुक पेजमा लेखिएको छ, ‘आफ्नो ल्यापटप–कम्प्युटरबाट सेयर मार्केटमा अनुभवी ट्रेडर्सबाट निःशुल्क ट्रेडिङ सिक्नुहोस् ।’ यही विज्ञापन हेरेपछि एक सेयर कारोबारी आकर्षित भए । तालिमका लागि पेजमा म्यासेज पठाए । पेजले भनेअनुसार नेपाएक्सपर्ट डट एक्सवाइजेटमा गए । त्यहाँबाट सफ्टवेयर डाउनलोड गर्न भनियो । सफ्टवेयर ल्यापटपमा डाउनलोड गरेको भोलिपल्ट उनको खाताबाट १० लाख गायब भयो । अर्काे दिन सोही ल्यापटपमा कनेक्ट आइपिएस चलाउँदा उनकै कम्पनीका अर्का व्यक्तिको खाताबाट २० लाख चोरी भयो । 

अनलाइन सेयर कारोबार तालिमका नाममा यसरी धेरै सेयर कारोबारीको खाताबाट पैसा चोरी हुन थालेको छ । यी घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘निःशुल्क सेयर कारोबार गर्ने भनेर नयाँ शैलीमा ठगी भएका उजुरी आइरहेका छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने, ‘यसमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’ सेयर तालिमका लागि भनेर डाउनलोड गर्न लगाएको सफ्टवेयरमार्फत उनीहरूले कम्प्युटर तथा ल्यापटपमा पहुँच पुर्‍याएर खाताबाट पैसा चोरी गरेका हुन् । 

अपराध अनुसन्धान कार्यालयका डिएसपी दीपक खड्काका अनुसार उनीहरूले तालिमका लागि भनेर क्लिक गर्न लगाइएको लिंकमार्फत ‘स्क्रिनकनेक्ट’ गराएर पैसा अन्य खातामा सारेका हुन् । ‘कतिपयमा भिपिएनको प्रयोग गरिएको छ,’ उनी भन्छन्, ‘कतिपयमा पीडितकै डिभाइसमार्फत समेत पैसा ट्रान्सफर गरेको देखिन्छ ।’ फेसबुकमा धेरैवटा सेयर तालिमसम्बन्धी पेज सञ्चालन गरी ठगी भइरहेको उनी बताउँछन् । तालिम दिने भनिएका संस्थाको सम्पर्क नम्बरसमेत छैन । तर, सर्वसाधारणले विश्वासमा परेर लिंक क्लिक गर्दा ठगिएका छन् । सेयर कारोबारीसँग कारोबारको रकम हुने भएकाले पनि उनीहरूलाई लक्षित गरी यसरी ठगी हुन थालेको प्रहरी अधिकारी बताउँछन् । 

 

निःशुल्क सेयर तालिमका नाममा ठगीका लागि बनाइएको फेसबुक पेज 

इन्टरपोल र फेसबुकको सहयोग माग्ने प्रहरीको तयारी
उनीहरूले यसरी चोरी गरेको रकम विभिन्न व्यक्तिको बैंक खातामा लगिएको छ । ती व्यक्तिहरूले विदेशमा रहेका आफन्तले हुन्डीमार्फत उक्त रकम पठाएको बताएका छन् । जसअनुसार यसरी ठगी गर्ने गिरोहको सम्पर्क अन्तर्राष्ट्रिय गिरोहसम्म देखिएको प्रहरी अधिकारी बताउँछन् । यसरी हुन्डीको नाममा अवैध कारोबारमा सघाउने खाताधनीलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । तर, ठगी गर्ने मुख्य नाइकेसम्म प्रहरी पुग्न सकेको छैन । उनीहरूले भिपिएन प्रयोग गरेकाले पनि अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि प्रहरीले इन्टरपोल र फेसबुकको पनि सहयोग माग्ने तयारी गरेको छ । 

कतिपय पीडितले साइबर ब्युरोमा समेत उजुरी दिएका छन् । नयाँ खालको ठगी भएपछि सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थी बताउँछन् । ‘सेयर तालिमका लागि लिंक पठाएर फिसिङमार्फत बैंक खाताबाट पैसा चोरी हुन थालेको छ,’ एसपी अवस्थी भन्छन्, ‘सर्वसाधारण यस्ता विषयमा सचेत हुन आवश्यक छ ।’