
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार फेरिने कुनै सम्भावना नभएको बताएकी छिन्। थाइल्यान्ड भ्रमणबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यो विषय हल्ला मात्र भएको बताइन् ।
साथै यो विषयमा समाचार आएपछि बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिच टेलिफोनमा कुराकानी भएको उनले खुलाइन् ।
‘सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन्, ‘हामी पनि यी समाचार हेरेर छक्क पर्याैँ, बेलुकाचाहिँ सभापतिज्यू र प्रधानमन्त्रीज्यूको यसबारे कुराकानी (टेलिफोनमा) पनि भएको छ ।’
थाइल्यान्डमा सभापति देउवाको कोहीसँग भेटघाट नभएको आरजुको दाबी छ। गत ७ वैशाखमा गएका देउवादम्पती शुक्रबार फर्किएका हुन्। विमानस्थलबाट बाहिरिदने क्रममा सभापति देउवाले पनि गठबन्धनमा सबै ठिक रहेका प्रतिक्रिया दिएका छन्।